images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • प्रतिनिधिसभाको अर्को बैठक भदौ २४ गते,...

प्रतिनिधिसभाको अर्को बैठक भदौ २४ गते, विद्युत् व्यापार सम्झौता पेस

प्रतिनिधिसभाको अर्को बैठक भदौ २४ गते, विद्युत् व्यापार सम्झौता पेस

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी ६ दिनका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठकपछि सदनको आगामी बैठक भदौ २४ गतेसम्मका लागि स्थगित गरेका हुन् ।  बिहीबार सिंहदरबारस्थित भवनमा बसेको बैठकमा सांसदहरूले रसुवा, नुवाकोट र धादिङमा बाढीले पुर्‍याएको क्षति, उद्धारमा भएको ढिलासुस्ती, सुरुङमा फसेका श्रमिकहरूको अवस्था र ग्रीन आर्मीको वैधानिकता लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । 

    images
    images

    सभामुख अर्यालले प्रतिनिधि सभाको अर्को बैठक आगामी भदौ २४ गते दिउँसो १ बजे बस्ने जानकारी गराए । बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल भारतबिच दीर्घकालीन विद्युत् व्यापार गर्ने सम्बन्धी सम्झौता पेस गरे ।त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पेस गरिन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend