images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • ग्यास अभाव नभएको उद्योगमन्त्रीको दाबी, १००...

ग्यास अभाव नभएको उद्योगमन्त्रीको दाबी, १०० ट्रकमार्फत सिलिन्डर ल्याइँदै

ग्यास अभाव नभएको उद्योगमन्त्रीको दाबी, १०० ट्रकमार्फत सिलिन्डर ल्याइँदै

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास अभाव नभएको बताएकी छन्। मन्त्रालयमा आज एलपी ग्यास अभावको समस्यालाई समाधान गर्न होटल व्यवसायी तथा सरोकारवालाहरूसँग संवाद गरेकी बताएकी हुन्। प्राकृतिक विपद् र सडकको दुरावस्थाका कारण एलपीजी ग्यास आपूर्तिमा देखिएको समस्याबारे स्पष्ट पार्दै मन्त्री यादवले साना तथा ठूला सबै नागरिक र व्यवसायीका चुलो बाल्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताइन्। ठूला ग्यास बुलेटहरू साँघुरा सडक र अप्ठ्यारा मोडका कारण गन्तव्यसम्म पुग्न नसकेकाले हाल सिलिन्डरमार्फत नै ढुवानीको व्यवस्था गर्नुपरेको उनको भनाइ थियो।

    images
    images

    समस्याको वैकल्पिक समाधानस्वरूप आज बिहानै प्रमुख जिल्ला अधिकारीहरूसँग समन्वय गरी १०० वटा ट्रकमा खाली सिलिन्डर पठाइसकिएको र तिनलाई भरेर ल्याउने प्रबन्ध मिलाइएको जानकारी उनले दिँदै, संकटको यस घडीमा ग्यास आपूर्ति सहज बनाउन होटल व्यवसायीहरूलाई पनि ढुवानी प्रक्रियामा आफैँ सक्रिय भएर सहयोग गर्न आग्रह गरिन्।होटल व्यवसायीले भने राज्यले ग्यास नदिने भनेर हल्ला चलाएपछि समस्या परेको छलफलमा बताएका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend