images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • माछापालन कार्यक्रमको रकम दुरुपयोग, अधिकृतसहित चार...

माछापालन कार्यक्रमको रकम दुरुपयोग, अधिकृतसहित चार जनालाई भ्रष्टाचार मुद्दा

माछापालन कार्यक्रमको रकम दुरुपयोग, अधिकृतसहित चार जनालाई भ्रष्टाचार मुद्दा

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ । सिराहाको औरही गाउँपालिकामा सञ्चालित ‘साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम’ मा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।आर्थिक वर्ष २०७८/०७९ मा माछापालनका लागि सञ्चालित सो कार्यक्रममा कामै नगरी वा तोकिएको मापदण्ड पूरा नगरी झुट्टा बिल भरपाई बनाई रकम भुक्तानी लिएको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ । गाउँपालिका र प्रगतिशील कृषक समूहबिच १५ लाख रुपैयाँमा सम्झौता भएकोमा माछाको भुरा, दाना, चन र कृषि सामाग्री वितरण नै नगरी पुरा काम भएको भनी ८ लाख २ हजार ८ सय ७८ रुपैयाँ बढी भुक्तानी लिई भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

    images
    images

    अख्तियारले औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, तत्कालीन पशु शाखा प्रमुख रमेश नारायण शर्मा, तत्कालीन लेखापाल आशिष कुमार कामती र प्रगतिशील कृषक समूहका अध्यक्ष राम भजन यादवलाई प्रतिवादी बनाएको छ। उनीहरू चारै जनासँग जनही ८ लाख २ हजार ८ सय ७८ रुपैयाँ बिगो मागदाबी गरिएको छ।आयोगका अनुसार तत्कालीन पशु शाखा प्रमुख रमेश नारायण शर्माले आफू पदमा नरहेको अवस्थामा समेत प्रमुख प्रशासकीय अधिकृत भएको भनी ओहदा र अधिकारको दुरुपयोग गरी सरकारी कागजातमा अनधिकृत रूपमा सच्याउने र विवरण हेरफेर गर्ने कार्य गरेको समेत पाइएको छ। यसका लागि उनलाई भ्रष्टाचार निवारण ऐनको दफा ११ र १५ बमोजिम थप सजायको माग गरिएको छ।त्यसैगरी, कृषक समूहका अध्यक्ष राम भजन यादवले सरकारी कर्मचारीहरूसँगको मिलेमतोमा गैरकानूनी लाभ लिने बदनियत राखेर भ्रष्टाचारको मतियार बनेको अभियोगमा उनीविरुद्ध पनि मुख्य अभियुक्त सरहकै सजाय र बिगो असुलको मागदाबी लिई मुद्दा दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend