images

२०८३ आश्विन १८ गते

images
images
images
  • कर्पोरेट
  • नेपाल बैंकका ग्राहकहरूलाई दराजमा सामान खरिद...

नेपाल बैंकका ग्राहकहरूलाई दराजमा सामान खरिद गर्दा विशेष छुट

नेपाल बैंकका ग्राहकहरूलाई दराजमा सामान खरिद गर्दा विशेष छुट

images
images
आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन ई कमर्स प्लेटफर्म दराज केयमु प्रा.लि. बिच सम्झौता भएको छ ।

    images
    images

    बैंकमा निक्षेप खाता रहेका ग्राहकहरूलाई दराजको अनलाईन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको हो । नेपाल बैंकले आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्न इ-कमर्स प्लेटफर्मसंग साझेदारीलाई निरन्तरता दिएको छ । 

    बैंकका निक्षेपकर्ताहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २ हजार रुपैंयासम्म छुट हुने र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम २ हजार ५०० बराबरकोे छुट प्राप्त गर्न सकिनेछ । 

    images
    images

    छुट प्राप्त गर्नको लागि नेपाल बैंकको शाखाहरूमा सम्पर्क गरी ग्राहकहरूले आफ्नो कार्डमा इ-कमर्स सक्रिय गर्नुपर्ने भएकोले बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न डेबिट कार्ड र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ ।

    यो योजना २०८१ साल कात्तिक २६ गतेदेखि २०८१ साल मङ्सिर ७ गतेसम्म लागू हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend