images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • दैवी प्रकोप उद्धार कोषमा विद्युत् नियमन...

दैवी प्रकोप उद्धार कोषमा विद्युत् नियमन आयोगले दियो १ करोड

दैवी प्रकोप उद्धार कोषमा विद्युत् नियमन आयोगले दियो १ करोड

images
images
बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि विद्युत् नियमन आयोगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । आयोगले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठमार्फत कोषमा एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।आयोगका अनुसार उक्त रकम उद्धार, राहत, पुनर्स्थापना तथा प्रभावित नागरिकको सहयोगसम्बन्धी कार्यक्रममा प्रयोग हुनेछ । भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, गोरखा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठुलो जनधनको क्षति भएको थियो ।

    images
    images

    बाढीका कारण सडक, पुल र बस्तीमा क्षति पुग्नुका साथै विभिन्न जलविद्युत् आयोजना, प्रसारण प्रणाली तथा अन्य विद्युत् पूर्वाधारमा समेत गम्भीर क्षति पुगेको आयोगले जनाएको छ ।प्रारम्भिक विवरणअनुसार सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजना र विद्युत् प्रणालीका महत्त्वपूर्ण संरचनामा उल्लेख्य क्षति पुगेको आयोगको भनाइ छ । यसबाट प्रभावित क्षेत्रमा विद्युत् आपूर्तिको निरन्तरता र क्षतिग्रस्त आयोजनाको पुनर्स्थापनामा चुनौती थपिएको छ ।आयोगले बाढीबाट प्रभावित परिवार, बेपत्ता तथा घाइते नागरिक र घरबास तथा जीविकोपार्जनको आधार गुमाएका व्यक्तिप्रति समवेदना व्यक्त गरेको छ । आयोगले विपद्को समयमा उद्धार तथा राहत कार्यमा संलग्न सरकार, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र, विकास साझेदार, नागरिक समाज तथा स्वदेश–विदेशका व्यक्ति र संस्थाप्रति आभारसमेत व्यक्त गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend