images

२०८३ आश्विन २२ गते

images
images
images
  • स्वास्थ्य
  • नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर...

नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर सञ्चालन

नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर सञ्चालन

images
images
आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • काठमाडौं ।  काठमाडौँको नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर सञ्चालन गरिएको छ ।  समाज उत्थान महिला मञ्चको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा आजदेखि आगामी मङ्सिर १ गतेसम्म निःशुल्क ऊर्जा ध्यान शिविर सञ्चालन गरिएको हो । उक्त शिविर बिहान ५ बजेदेखि ६ः३० बजेसम्म सञ्चालन भएको थियो ।

    images
    images

          
    ध्यान शिविरमा नयाँबसपार्क र त्यस आसपासमा रहेर व्यापार व्यवसाय गरेर बसेका व्यक्ति लाभान्वित भएका छन् । सातदिने शिविरमा जीवन विज्ञान प्रशिक्षक नरेश गौतम र अनिता गौतमले प्रशिक्षण दिनुभएको समाज उत्थान महिला मञ्चका अध्यक्ष जानुका नेपालले जानकारी दिनुभयो ।

     अध्यक्ष नेपालले व्यक्ति स्वस्थ्य रहेमात्र देश स्वस्थ्य रहने भएकाले नयाँबसपार्क क्षेत्र र यस आसपासमा बसोबास गर्नेलाई लक्षित गरी उक्त ध्यानशिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । उक्त ध्यान शिविरमा एक सयभन्दा बढीको सहभागिता रहेको थियो । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend