images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • धादिङको जवाङ खोलामा पृथ्वी राजमार्गको सडक...

धादिङको जवाङ खोलामा पृथ्वी राजमार्गको सडक भासिन थाल्यो

धादिङको जवाङ खोलामा पृथ्वी राजमार्गको सडक भासिन थाल्यो

images
images
बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको जवाङ खोला क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिन थालेको छ।नदीले सडकको तल्लो भागबाट तीव्र रूपमा कटान गरेसँगै बुधवार बिहानैदेखि सो स्थानमा सडकको सतह दबिन सुरु भएको हो। 

    images
    images

    नदीको बहाव बढेर सडकको जगमै क्षति पुर्याउन थालेपछि राजमार्गको उक्त खण्ड उच्च जोखिममा परेको छ। गत भदौ १० गते आएको बाढीपछि त्रिशूली नदीले यस क्षेत्रमा निरन्तर कटान गरिरहेको थियो।आज बिहानदेखि सडकको केही भाग धस्सिएपछि सो क्षेत्र भएर गुड्ने सवारी साधन र यात्रुहरूको सुरक्षालाई लिएर चिन्ता बढेको छ। सडक भासिने क्रम सुरु भएसँगै उक्त खण्डमा यातायात सञ्चालन गर्दा उच्च सावधानी अपनाउनुपर्ने देखिएको छ। प्राविधिक रूपमा सडकको आधारभूत संरचनामै असर परेकाले थप क्षति हुन नदिन र सम्भावित दुर्घटना टार्न सतर्कता अपनाउन आवश्यक रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend