images

२०८३ आश्विन १७ गते

images
images
images

अरनिको राजमार्गको कोदारी खण्ड अवरुद्ध

अरनिको राजमार्गको कोदारी खण्ड अवरुद्ध

images
images
बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । गएरातिदेखि परेको अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा सडक अवरुद्ध भएको छ। वर्षासँगै आएको बाढी वा पहिरोका कारण सडक अवरुद्ध हुँदा उक्त क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो।

    images
    images

    सडक विभागका अनुसार अवरुद्ध सडक पुनः सञ्चालन गर्नका लागि सडक डिभिजन कार्यालय चरिकोटमार्फत मर्मत तथा सफाइको कार्य तीव्र रूपमा अघि बढाइएको छ। सडकमा थुप्रिएको गेग्रान हटाउन र क्षतिग्रस्त हिस्सा मर्मत गर्न आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको विभागले जनाएको छ।मौसमले साथ दिएमा र कार्य प्रगति सोचेअनुरूप भएमा आज बेलुकासम्ममा सडक सुचारु हुने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend