images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढीः काभ्रेबाट एक करोड १०...

भोटेकोशी बाढीः काभ्रेबाट एक करोड १० लाख सहयोग

भोटेकोशी बाढीः काभ्रेबाट एक करोड १० लाख सहयोग

images
images
बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • काभ्रे (बनेपा), १७ भदौ । प्राकृतिक विपद् व्यहोरेका काभ्रेपलाञ्चोकका सात वटा स्थानीय तहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।

    images
    images

    जिल्लाका विभिन्न वडा तथा सामाजिक, सहकारी तथा निजी संस्थाले बाढी प्रभावितका लागि राहत रकम उपलब्ध गराउने घोषणा गरेका छन् ।

    धुलिखेल नगरपालिकाले बाढी प्रभावितको उद्धार तथा राहतका लागि रु १० लाख सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाका कार्यवहाक नगर प्रमुख निराजन जङ्गमले नगर कार्यपालिकाको बैठकले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

    images
    images

    उनले भोटेकोशी बाढीपछि धुलिखेलका चार जना अझै सम्पर्कविहीन रहेको बताएका छन् । उनीहरूको खोजतलासका लागि राज्यका सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सहयोग गरिनेछ  

    यसैगरी, बेथानचोक गाउँपालिकाले बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु ३५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

    गाउँपालिका अध्यक्ष भगवान अधिकारीले गाउँ कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गाउँपालिकाको विपद् कोषबाट रु १५ लाख तथा जनप्रतिनिधि, शिक्षक र कर्मचारीले पाउने सेवा–सुविधा तथा पारिश्रमिकबाट रु २० लाख गरी कुल रु ३५ लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

    बेथानचोक गाउँपालिकाले २०८१ साल असोज दोस्रो साता विपद्को सामना गरेको स्मरण गर्दै पीडित नागरिकलाई सहयोग गर्नु स्थानीय सरकारको दायित्व भएको जनाएको छ । 

    पनौती नगरपालिकाले बाढी प्रभावितको उद्धार तथा राहतका लागि रु ३० लाख सहयोग गर्ने निर्णय गरिसकेको छ । पाँचखाल नगरपालिकाले रु १० लाख, बनेपा नगरपालिकाले रु १५ लाख, रोशी गाउँपालिकाले रु १० लाख र चौरीदेउराली गाउँपालिकाले रु १० लाख सहयोग गर्ने निर्णय गरेका छन् ।

    यस्तै, नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले केन्द्रीय समितिमार्फत रु १७ लाख ६६ हजार उपलब्ध गराएको छ । सामुदायिक साकोस पनौतीले रु पाँच लाख, मनकामना साकोसले रु एक लाख ५० हजार, अच्युतानन्द ज्योतिष आयुर्वेद औषधालयले रु पाँच लाख र चित्रन्य हार्डवेयरले रु तीन लाख ३३ हजार सहयोग गर्ने निर्णय गरेका छन् ।

    त्यस्तै, पनौती नगरपालिका–२ ले रु एक लाख ५० हजार, धुलिखेल नगरपालिका–८ ले रु एक लाख, चौरीदेउराली गाउँपालिका–७ ले रु एक लाख र पनौती नगरपालिका–८ ले रु ८० हजार सहयोग गरेका छन् । 

    यस्तै, बुडोल सामुदायिक साकोसले रु दुई लाख ५१ हजार, नमोबुद्ध नगरपालिका–६ स्थित चरङ्गे साकोसले रु एक लाख ११ हजार र धुलिखेलको अटल पाँचकुण्ड साकोसले रु एक लाख पाँच हजार सहयोग गर्ने भएका छन् ।

    जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा जिल्लाभरबाट ५२ जना सम्पर्कविहीन रहेको विवरण दर्ता भएको थियो । तीमध्ये केही सम्पर्कमा आएका तथा केहीको मृत्यु भई शव फेला परेसँगै हाल सम्पर्कविहीनको सङ्ख्या ४१ रहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend