images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारको २ करोड सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारको २ करोड सहयोग

images
images
मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा राहत, उद्धार,  पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एवं विपत् व्यवस्थापनका लागि प्रदेश सरकारले दुई करोड रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

    images
    images

    मंगलबार मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको 'शिक्षा क्षेत्र योजना २०८३/२०९२' स्वीकृत गर्ने निर्णय समेत गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend