काठमाडौँ । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोजी, उद्धार, राहत तथा ÷पुनःस्थापनाका लागि सिद्धि हाइड्रो पावर कम्पनी लिमिटेडले रु २५ लाख २५ हजार सहयोग गर्ने भएको छ । सिद्दि हाइड्रो कम्पनी, यसका सहायक कम्पनीहरू तथआ कर्मचारीहरूको तर्फबाट उक्त रकम सहयोग गर्ने घोषणा गरिएको कम्पनीले उल्लेख गरेको छ ।सिद्धि हाइड्रो पावर कम्पनी लिमिटेडले विनाशकारी बाढीका कारण सिर्जित दुःखद परिस्थितिमा राज्यलाई सहयोग पु¥याउने उद्देश्यले यो आर्थिक सहयोग गर्न लागेको उल्लेक गरेको छ।
सिद्धि हाइड्रोपावरले सहयोग गर्न लागेको कुल रकममध्ये कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले दुई दिन बराबरको तलबबाट १ लाख ८२ हजार ६६७ रुपैयाँ जम्मा भएको कम्पनीले उल्लेख गरेको छ । बाँकी २३ लाख ४२ हजार ३३३ रुपैयाँ कम्पनी तथा यसका सहायक कम्पनीहरूका तर्फबाट संस्थागत रूपमा थप गरी कुल २५ लाख २५ हजार रुपैयाँ पु¥याइएको कम्पनीले बताएको छ ।कम्पनीले बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सिद्धि हाइड्रो पावर परिवारले मृतकका शोककुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै, यो कठिन परिस्थितिमा सम्पूर्ण नागरिक, उद्योगी तथा सरोकारवालाहरूलाई हातेमालो गर्दै राहत र उद्धारमा सघाउन आग्रह समेत गरेको छ।





.gif)





