images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढीपीडितका लागि कतारले अत्यावश्यक राहत...

भोटेकोशी बाढीपीडितका लागि कतारले अत्यावश्यक राहत सामग्री पठाउँदै

भोटेकोशी बाढीपीडितका लागि कतारले अत्यावश्यक राहत सामग्री पठाउँदै

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नेपाललाई कतार सरकारले अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने भएको छ ।यही भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठुलो क्षति भएको छ । विपदबाट प्रभावित नेपालीप्रति ऐक्यबद्धता जनाउँदै कतार सरकारले राहत सामग्री उपलब्ध गराउन लागेको हो ।

    images
    images

    राहत सामग्री बोकेको कतारी जहाज सोमबार दिउँसो २ः ३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । जहाज अवतरण गरेको केही समयपछि राहत सामग्री नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिने जनाइएको छ ।विपद्को समयमा कतार सरकारले नेपाल र नेपाली जनताप्रति देखाएको सहयोग, सद्भाव तथा ऐक्यबद्धताका रूपमा उक्त राहत सामग्री उपलब्ध गराउन लागेको हो ।बाढी पहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि विभिन्न मुलुक र सङ्घ संस्थाले सहयोग उपलब्ध गराउँदै आएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend