images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • वीरगन्जको नारायणी अस्पतालबाट चोरी भएको एकदिने...

वीरगन्जको नारायणी अस्पतालबाट चोरी भएको एकदिने शिशुसहित महिला पक्राउ

वीरगन्जको नारायणी अस्पतालबाट चोरी भएको एकदिने शिशुसहित महिला पक्राउ

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • वीरगन्ज । पर्सा प्रहरीले नारायणी अस्पतालबाट चोरी भएको नवजात शिशुसहित एक महिलालाई पक्राउ गरेको छ । अस्पतालबाट बच्चा चोरी भएको १६ घण्टामै प्रहरीले शिशुलाई फेला पारेको हो ।वीरगन्जको इनर्वाबाट प्रहरीले एकदिने शिशुसहित बच्चा चोरी गर्ने महिलालाई पक्राउ गरेको पर्सा प्रहरी प्रमुख पवन भट्टराईले बताए । उनका अनुसार रातभर गरिएको अप्रेसनबाट बच्चा लिएर भागेकी महिलालाई पक्राउ गरिएको हो ।

    images
    images

    प्रहरीले बच्चा चोरी गरेको आरोपमा वीरगन्जकै इनर्वा निवासी सबिना खातुनलाई नियन्त्रणमा लिएको हो ।एकदिने शिशु र पक्राउ परेकी महिलालाई अहिले प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।आइतबार राति वीरगन्जस्थित नारायणी अस्पतालबाट एकदिने नवजात शिशु चोरी भएको थियो । नवजात बालककी हजुरआमासँग ‘बच्चा खेलाउँछु’ भन्दै शिशु मागेकी महिला त्यसपछि शिशुसहित बेपत्ता भएकी थिइन् ।सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वा निवासी रिन्कु देवीको शल्यक्रियामार्फत शनिबार राति ११ बजे शिशु जन्मिएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend