images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढीपीडितका लागि काभ्रे कांग्रेसद्वारा १७...

भोटेकोशी बाढीपीडितका लागि काभ्रे कांग्रेसद्वारा १७ लाख ६२ हजार रुपैयाँ सहयोग

भोटेकोशी बाढीपीडितका लागि काभ्रे कांग्रेसद्वारा १७ लाख ६२ हजार रुपैयाँ सहयोग

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • काभ्रेपलान्चोक । नेपाली कांग्रेस काभ्रेपलान्चोकले  भोटेकोशी बाढी प्रभावितका लागि केन्द्रीय कार्यालयले बनाएको कोषमा १७ लाख ६२ हजार ९५७ रुपैयाँ जम्मा गरेको छ। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ चितवन लगायतका जिल्लाहरूमा ठुलो मानवीय एवं भौतिक क्षति गरेकोले ती क्षेत्रमा राहत तथा उद्धारका लागि काभ्रे कांग्रेसले राहत रकम हस्तान्तरण गरिएको हो ।पार्टी सदस्य र शुभेच्छुकबाट सङ्कलन गरेको रकम हस्तान्तरण गरिएको नेपाली कांग्रेस काभ्रेपलान्चोकका सभापति तीर्थ लामाले जानकारी दिए।

    images
    images

    नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुगेर सह–महामन्त्री उदयशमशेर राणा र प्रवक्ता देवराज चालिसेलाई रकम हस्तान्तरण गरेको लामाले वताए ।मानवीय सेवाका लागि उक्त रकम पार्टीको केन्द्रीय विपद व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाइने कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले सरकारी कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।नेपाली कांग्रेसका सह(महामन्त्री उदय शमशेर राणाले विपद्को  घडीमा पीडितलाई सहयोग गर्न नेपाली कांग्रेस काभ्रेपलान्चोकले गरेको सहयोग प्रति आभार प्रकट गरे । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे नेपाली कांग्रेस काभ्रेका साथीहरूले ठुलो छाती देखाएको भन्दै पीडितको घाउमा मल्हम लगाउन ठुलो सहयोग हुने बताए ।

    नेपाली कांग्रेस काभ्रेपलान्चोकका सभापति लामाले विपद्को कठिन घडीमा पीडित नागरिकको दुःखमा साथ दिनु, मानवीय सहयोग जुटाउनु र राहत तथा उद्धारमा हातेमालो गर्नु हामी सबैको साझा दायित्व भएको बताउँदै पीडितको पीडामा केही मल्हम हुने विश्वास व्यक्त गरे ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend