images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढीपीडितका लागि सफ्टी हाइजिनको २१...

भोटेकोशी बाढीपीडितका लागि सफ्टी हाइजिनको २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

भोटेकोशी बाढीपीडितका लागि सफ्टी हाइजिनको २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि सफ्टी हाइजिन प्रालिले २१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

    images
    images

    कम्पनीले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। सहयोग रकमको चेक कम्पनीका सञ्चालक विजय पोखरेल र सुबास भण्डारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

    भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका विभिन्न क्षेत्रमा जनधनको ठूलो क्षति भएको अवस्थामा प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।

    images
    images

    सफ्टी हाइजिनले विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायको साथमा उभिनु आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको जनाएको छ। कम्पनीका अनुसार सहयोग रकमले बाढीबाट प्रभावित नागरिकको तत्कालीन उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा केही हदसम्म सहयोग पुग्ने विश्वास गरिएको छ।

    कम्पनीले आगामी दिनमा पनि प्राकृतिक विपद् तथा अन्य संकटका समयमा राज्य र समुदायसँग आवश्यक सहकार्य गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गतका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

    सफ्टी हाइजिनले विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सम्पूर्ण नागरिक, व्यवसायी तथा संघसंस्थालाई समेत आग्रह गरेको छ।

    एक दशकदेखि व्यक्तिगत स्वच्छताका सामग्री उत्पादन

    सफ्टी हाइजिन प्रालि नेपाली उपभोक्तामाझ व्यक्तिगत तथा पारिवारिक स्वच्छतासम्बन्धी सामग्री उत्पादन गर्ने कम्पनीका रूपमा परिचित छ। कम्पनीले विगत करिब एक दशकदेखि सफ्टी ब्रान्डका सेनेटरी प्याड, टिस्यु पेपर, डायपर तथा बेबी वाइप्स लगायतका उत्पादन गर्दै आएको जनाएको छ।

    स्वदेशमै उत्पादन तथा बिक्री–वितरण गर्दै आएको कम्पनीले उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्दै व्यक्तिगत स्वच्छता तथा दैनिक उपभोगसँग सम्बन्धित सामग्रीको उत्पादनमा केन्द्रित हुँदै आएको छ।

    व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत योगदान गर्दै आएको सफ्टी हाइजिनले प्राकृतिक विपद्का समयमा प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

    भोटेकोशी बाढीपछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि निजी क्षेत्रबाट ठूलो मात्रामा सहयोग जुट्ने क्रम जारी रहेको छ। यस्तो अवस्थामा सफ्टी हाइजिनको आर्थिक सहयोगले विपद् प्रभावित समुदायका लागि राज्यले सञ्चालन गर्ने राहत तथा पुनर्स्थापनाका कार्यक्रमलाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend