images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • बाढीपीडितका लागि पोखराका सङ्घसंस्था र व्यवसायीबाट...

बाढीपीडितका लागि पोखराका सङ्घसंस्था र व्यवसायीबाट आर्थिक सहयोग जुट्दै

बाढीपीडितका लागि पोखराका सङ्घसंस्था र व्यवसायीबाट आर्थिक सहयोग जुट्दै

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • कास्की । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पोखराका विभिन्न सङ्घसंस्था, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिहरूले आर्थिक सहयोग रकम जुटाउन थालेका छन्।बाढीपीडितलाई सघाउन यहाँका विभिन्न सङ्घसंस्था, व्यवसायी तथा सर्वसाधारणले आफ्नोतर्फबाट सहयोग घोषणा तथा रकम प्रदान गर्न सुरु गरेका हुन्।उद्धार र राहत कार्यका लागि नेलम्बो नेपालले आइतबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख ५५ हजार ५५५ रूपैयाँ जम्मा गरेको छ। त्यसैगरी गण्डकी प्रज्ञा प्रतिष्ठानले सोही कोषमा दुई लाख १६ हजार १५० रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। प्रतिष्ठानका सदस्य-सचिव मनकुमार श्रेष्ठका अनुसार प्रतिष्ठानको तर्फबाट एक लाख रूपैयाँ र प्राज्ञहरूका तर्फबाट एक लाख १६ हजार १५० रूपैयाँ सङ्कलन गरी कोषमा जम्मा गरिनेछ।

    images
    images

    विपद् प्रभावितहरूका लागि यहाँस्थित स्क्वायर्स मोटर्सले तीन लाख पाँच हजार ५५५ रूपैयाँ कोषमा जम्मा गरेको छ। यस्तै पोखरा-१ मा रहेको इन्द्रेणी एकीकृत विकास केन्द्रले भोटेकोशी बाढी प्रभावितका लागि एक लाख रूपैयाँ सहयोग गरेको छ।पोखरा उद्योग वाणिज्य सङ्घले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७५ हजार रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। पोखराका व्यवसायी तथा सिटीजन फर्निचरले उद्धार कोषमा एक लाख ११ हजार १११ रूपैयाँ सहयोग गरेको छ भने भूतपूर्व खेलाडी मञ्च नेपालले बाढी प्रभावितका लागि कोषमा ५० हजार रूपैयाँ सहयोग गर्ने जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend