images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • नारायणी अस्पतालबाट एक दिने नवजात शिशु...

नारायणी अस्पतालबाट एक दिने नवजात शिशु चोरी, खोजीमा जुट्यो प्रहरी

नारायणी अस्पतालबाट एक दिने नवजात शिशु चोरी, खोजीमा जुट्यो प्रहरी

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • पर्सा । वीरगन्जस्थित नारायणी अस्पतालबाट एक दिने नवजात शिशु चोरी भएको छ।आइतबार राति परिचय खुल्न नसकेकी एक महिलाले खेलाउने बहानामा अस्पतालबाट नवजात शिशु लिएर फरार भएको पर्सा प्रहरीले पुष्टि गरेको हो। 

    images
    images

    पर्सा प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर मल्लका अनुसार अन्दाजी ३५ वर्षीया महिलाले बालककी हजुरआमासँग बच्चा खेलाउँछु भन्दै मागेकी थिइन्। ती महिलाले झुक्क्याएर बच्चा लिएर बेपत्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वा निवासी रिन्कु देवीको शल्यक्रिया गरेर शनिबार राति ११ बजे शिशुको जन्म भएको थियो। नवजात बालक अस्पतालबाट चोरी भएको सूचना पाउने बित्तिकै प्रहरीले खोजी तीव्र पारेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend