images

२०८३ आश्विन १९ गते

images
images
images

आम्दानी बढेपछि घलेम्दीको खुद नाफा धनात्मक

आम्दानी बढेपछि घलेम्दीको खुद नाफा धनात्मक

images
images
आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधि सम्ममा कम्पनीको खुद नाफा धनात्मक भएको छ।

    images
    images

    गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३ करोड १३ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधि सम्ममा ७४ लाख ७४ हजार रुपैयाँ धनात्मक रहेको छ।

    कम्पनीको आम्दानी बढेसँगै खुद नाफा धनात्मक हुन पुगेको हो।

    images
    images

    समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २ कराड ३ लाख रुपैयाँबाट बढेर ४ करोड ६६ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, चालु आर्थिक वर्षको असोज मसान्त सम्ममा कम्पनीले १ करोड १५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको खर्च पनि ५ करोड १७ लाख रुपैयाँबाट घटेर ४ करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण पनि कम्पनी नाफामा पुगेको हो।

    १ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने १९ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

    असोज मसान्त सम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १ रुपैयाँ ८१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ९१ पैसा रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend