images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • केरुङको पहिरोपछि बनेको ताल रित्तियो, छोचेन...

केरुङको पहिरोपछि बनेको ताल रित्तियो, छोचेन खोलाको खाल्डोमा अझै ठूलो जोखिम

केरुङको पहिरोपछि बनेको ताल रित्तियो, छोचेन खोलाको खाल्डोमा अझै ठूलो जोखिम

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौँ । आइतबार चीनको जलस्रोत मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको जिरोङ (केरुङ) काउन्टीमा नदी थुनिएर बनेको ताल लगभग रित्तिसकेको छ। यद्यपि उक्त तालमा मिसिने नेपाली नदीमा पानीको बहावले बनाएको एउटा गहिरो खाल्डो र तल्लो तटीय क्षेत्रका तीनवटा जलमग्न इलाकामा अझै ठूलो जोखिम रहेको छ।विज्ञप्तिमा उल्लेख भएअनुसार ड्रोन फुटेज, प्यानोरामिक तस्बिर र अग्रपङ्क्तिमा खटिएको आपतकालीन टोलीको प्रतिवेदनमा आधारित पछिल्लो मूल्याङ्कनले चीनको पुरेपु साङ्पो नदीमा थुनिएर बनेको ताल लगभग खाली भइसकेको र नदीको बहाव सामान्य रूपमा अघि बढिरहेको देखाएको छ।

    images
    images

    तर, पुरेपु साङ्पो नदीमा मिसिने छोचेन खोलामा अझै पनि ठुलो जोखिम कायमै रहेको कुरामा मन्त्रालयले जोड दिएको छ।तालबाट करिब ५.६ किलोमिटर माथितिर रहेको नेपाली नदीको उक्त खाल्डोमा अझै पनि करिब १४ लाख घनमिटर पानी जम्मा भएर बसेको मन्त्रालयले जनाएको छ। उक्त खाल्डो थुनिएर बनेको तालभन्दा करिब ८०० मिटर उचाइमा छ।भूउपग्रहबाट प्राप्त तस्बिरका आधारमा मन्त्रालयले शनिबार बिहान ११:२३ बजेसम्म उक्त खाल्डोमा पानीको सतह करिब १ लाख ८ हजार वर्गमिटर रहेको बताएको छ। यो क्षेत्रफल बिहान ७ बजेको तुलनामा १९,००० वर्गमिटरले कम हो।

    त्यसैगरी, उक्त खाल्डोबाट २.५ किलोमिटर तल्लो तटीय क्षेत्रमा अन्य तीनवटा जलमग्न इलाकाहरू पनि पहिचान गरिएको र तिनको कुल क्षेत्रफल ७०,००० वर्गमिटरभन्दा कम रहेको मन्त्रालयले जनाएको छ।मन्त्रालयले जोड दिँदै भनेको छ, ‘नेपालको छोचेन खोलामा रहेको खाल्डो र तल्लो तटीय क्षेत्रका तीनवटा जलमग्न इलाकाहरूले महत्त्वपूर्ण जोखिम र लुकेका खतराहरू निम्त्याइरहेका छन्।’मन्त्रालयले शनिबार नेपालतर्फ गएको पहिरोपछि पुरेपु साङ्पोमा थुनिएर बनेको तालबाट २.८ किलोमिटर तल अर्को नयाँ ताल बनेको पनि जनाएको छ। माथिबाट आएको पानीको बहावले उक्त ताल फुटिसकेको र अहिले पानी सामान्य धारमै बगिरहेको छ।सो क्षेत्रका विभिन्न नदी किनारमा नयाँ पहिरो गएर फेरि नदी थुनिई नयाँ ताल बन्न सक्ने जोखिम अझै बाँकी रहेको मन्त्रालयले बताएको छ।सिचाङको आपतकालीन व्यवस्थापन विभागका अनुसार बुधबार नेपाल-चीन सीमास्थित जिरोङ बन्दरगाहमा गएको पहिरोका कारण शनिबार साँझ ६ बजेसम्म १६ जनाको मृत्यु भइसकेको छ भने ५४६ जना अझै बेपत्ता छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend