images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढीः काभ्रेका ४१ अझै सम्पर्कविहीन,...

भोटेकोशी बाढीः काभ्रेका ४१ अझै सम्पर्कविहीन, आठ जना परिवारको सम्पर्कमा

भोटेकोशी बाढीः काभ्रेका ४१ अझै सम्पर्कविहीन, आठ जना परिवारको सम्पर्कमा

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • काभ्रेपलाञ्चोक, १५ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण काभे्रपलाञ्चोकका ४१ जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् । सम्पर्कविहीन ४७ मध्ये हालसम्म आठ जना परिवारको सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ ।

    images
    images

    कार्यालयले हालसम्म जिल्लाका ४१ जना सम्पर्कविहीन अवस्थामा रहेको सूचीसहितको नामावली अद्यावधिक गरेको छ । कार्यालयले बुधबार नै सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका जिल्लाका नागरिकको अवस्था बुझ्न सम्बन्धित परिवारलाई सार्वजनिक अपिल गरेको थियो । 

    सो क्रममा हालसम्म सम्पर्कमा आएका आठबाहेक ४१ जना अझै सम्पर्कविहीन रहेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिएका छन् ।

    images
    images

    अधिकारीका अनुसार कुनै परिवारका सदस्य सम्पर्कविहीन अवस्थामा रहेको भए शीघ्र जानकारी गराउन अनुरोध गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार तथा भ्रमणलगायत अन्य कामका सिलसिलामा पुगेका जिल्लाका नागरिकको अवस्था बुझ्न कार्यालयले पहल गरिरहेको छ । 

    यस्तै, सूचनामा बाढी प्रभावित क्षेत्रमा गएका नागरिकलाई तत्काल आफन्तसँग सम्पर्क गर्न र आफन्तले पनि उनीहरूको अवस्था बुझी जिल्लास्थित प्रशासन कार्यालय, नजिकको प्रहरी कार्यालय तथा स्थानीय तहमा विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । 

    हालसम्म सम्पर्कविहीन अवस्थामा रहेकामा बनेपाका सात, तेमाल गाउँपालिकाका सात, धुलिखेलका छ, पाँचखाल र भुम्लुका चार–चार, पनौती, चौँरीदेउराली र बेथानचोकका तीन–तीन, मण्डनदेउपुर र रोशी गाउँपालिकाका एक–एक जना तथा ठेगाना नखुलेका काभ्रेपलाञ्चोककै एक जना रहेको कार्यालयले जनाएको छ ।

    यसैबीच बाढी प्रभावित क्षेत्रमा गएका नागरिकलाई पनि तत्काल आफन्तसँग सम्पर्क गर्न र आफन्तले पनि उनीहरूको अवस्था बुझी तत्काल नजिकको प्रहरी कार्यालय तथा स्थानीय तहमा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend