काठमाडौँ । आगामी १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ककाकिकी’को रिलिज मिति परिवर्तन गरिएको छ । भीषण बाढी पहिरो र त्यसले निम्त्याएको प्राकृतिक विपत्तिका फिल्मको रिलिज मिति सारिएको हो । निर्माण संस्था माया इन्टरटेनमेन्ट स्टुडियोले एक विज्ञप्ति जारी गर्दै फिल्मको रिलिज १९ भदौ बाट सारेर ११ मङ्सिर पुर्याइएको जानकारी दिएको छ ।बिक्की अग्रवालको निर्देशन रहेको फिल्ममा दीया मास्के, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, पवन खतिवडा, माओत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सृजना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटा लगायतका कलाकारको अभिनय छ ।
सुदिप बरालको छायांकन रहेको चलचित्रको पटकथा निर्देशक अगरवालसँगै सरोज भण्डारी र विकास अर्यालले लेखेका हुन् । चलचित्रको श्रद्धा प्रसाईँ र सुमित्रा थापा निर्माता हुन् । चलचित्रलाई सेभेन सिज इन्टरनेशनल फिल्मसले वल्र्डवाइड रिलिज गर्दैछ ।




.gif)



