images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्टको १...

बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्टको १ करोड ११ लाख सहयोग

बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्टको १ करोड ११ लाख सहयोग

images
images
आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौँ । अर्घाखाँची सिमेन्ट लिमिटेडले रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड ११ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत अर्घाखाँची सिमेन्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ योगदान गर्ने घोषणा गरेको हो ।कम्पनीले विपद्को कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारसँग सहकार्य गर्दै बाढीपीडितसँगै रहेको जनाएको छ ।

    images
    images

    कम्पनीले उक्त सहयोगबाट प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका राहत, उपचार तथा पुनःस्थापनाका कार्यमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ । कम्पनीले बाढीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend