काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण पुरिएको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको मुख भेटिएको छ । सुरुङ विज्ञ तथा रास्वपा सांसद इन्जिनियर श्रीराम न्यौपानेका अनुसार भर्टिकल होलबाट करिब ४० मिटर माथिल्लो (अपस्ट्रिम) क्षेत्रमा सुरुङको मुख फेला परेको हो ।न्यौपानेले सामाजिक सञ्जालमार्फत दिएको अपडेटअनुसार भर्टिकल होलभन्दा करिब ८ मिटर तल सुरुङको मुख भेटिएको जनाएका छन् । उद्धार टोलीले यसअघि ड्रिलिङ र उत्खननमार्फत सुरुङको माथिल्लो भाग (क्राउन) पत्ता लगाउने प्रयास गरिरहेको थियो ।
सुरुङको मुख भेटिएसँगै आयोजनाको सुरुङभित्र फसेका प्राविधिक तथा कर्मचारीको उद्धारलाई तीव्रता दिने तयारी भइरहेको छ । उद्धारको लागि आवश्यक स्काभेटर र डोजर नुवाकोटको बट्टार पुर्याइएको छ । ती उपकरणहरूलाई त्यहाँ खण्ड–खण्ड (डिसमेन्टल) पारेर हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लगिएको छ ।बाढीका कारण सुरुङको प्रवेश मार्ग लेदो, माटो र ढुंगा माटोले पुरिएपछि उद्धार कार्य कठिन बनेको छ । नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण तथा सुरुङ विज्ञहरूको टोलीले ड्रिलिङ मेसिन, एक्स्काभेटर र अन्य उपकरण प्रयोग गरी सुरुङसम्म पहुँच बनाउने काम गरिरहेका छन् । उद्धारका लागि भारतीय र चिनियाँ प्राविधिक टोलीसमेत परिचालन गरिएको नेपाली सेनाले जनाएको छ ।
आयोजनाको भूमिगत विद्युत गृहमा काम गरिरहेका करिब ४०–४५ जना प्राविधिक तथा कर्मचारी सुरुङ क्षेत्रमा फसेको अनुमान गरिएको छ ।बाढीका कारण माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजना फसेका प्राविधिक तथा कर्मचारी मानिसहरूको
नामावली यस्तो छ:
१.विनोद प्रसाद पाण्डे– सहायक प्रबन्धक
२. दिलीप यादव – इन्जिनियर
३. राजेन्द्र ढकाल– इन्जिनियर
४. महेन्द्रविक्रम शाही– इन्जिनियर
५. सन्तोषकुमार ठाकुर – सहायक इन्जिनियर
६. इन्द्र अधिकारी – सहायक इन्जिनियर
७. ओमप्रकाश चौधरी – सहायक इन्जिनियर
८. खेमराज भट्टराई – सुपरभाइजर
९. विकास यादव – सुपरभाइजर
१०. रमेशकुमार यादव – सुपरभाइजर
११. विष्णु भण्डारी – सुपरभाइजर
१२. आइता तामाङ – सुपरभाइजर
१३. सौगात यादव – सुपरभाइजर
१४. हरिबहादुर बोगटी – फोरम्यान
१५. रविना तुलसीबाख्यो – फोरम्यान
१६. सञ्जय शाह – फोरम्यान
१७. प्रमिला भण्डारी – फोरम्यान
१८. रोबन पराजुली – फोरम्यान
१९. सूर्यबहादुर के.सी. – फोरम्यान
२०. खगेन्द्र मगरती – फोरम्यान ड्राइभर
२१.नारायणप्रसाद अर्याल – इलेक्ट्रिसियन
२२. अमरकान्त चौधरी – जुनियर मिस्त्री
२३. देव गिरी – जुनियर मिस्त्री
२४. सुदिपकुमार श्रेष्ठ – जुनियर मिस्त्री
२५. जितेन्द्रकुमार गुप्ता – जुनियर मिस्त्री
२६. अस्मिता लामा – कार्यालय सहयोगी
२७. कबीर महर्जन – सुपरभाइजर
२८. तेजबहादुर जिरेल – फोरम्यान
२९. जीवलाल अधिकारी – सुपरभाइजर
३०. तिलबहादुर राना – सहायक इन्जिनियर
३१. कीर्तिसिंह बिष्ट – सुपरभाइजर
३२. नीरजबाबु रेग्मी – सुपरभाइजर
३३ शर्मिला अधिकारी – हेल्पर (सहयोगी)
३४.राजकुमार भट्टराई – कार्यालय सहयोगी
३५. कान्छी गुरुङ चौधरी – कार्यालय सहयोगी
३६. शान्तिमाया तामाङ – हेल्पर (सहयोगी)
३७. रामशरण न्यौपाने – प्राविधिक सहयोगी
३८. झपट बहादुर घर्ती – हेल्पर (सहयोगी)
३९. अस्मिता लामा – स्विपर (सरसफाइ कर्मचारी)
४०. हर्कबहादुर तामाङ – सुरक्षा गार्ड
४१. मिना शाही – सुरक्षा गार्ड
४२. टेकबहादुर तामाङ – सुरक्षा गार्ड
४३. रोशनी तामाङ – सुरक्षा गार्ड
४४. मिलन तामाङ – सुरक्षा गार्ड
४५. कमानसिंह तामाङ – सुरक्षा गार्ड
४६. सुशन तामाङ – सुरक्षा गार्ड




.gif)





