images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • आयना राई बनिन् जुनियर सुपर मोडेल...

आयना राई बनिन् जुनियर सुपर मोडेल इन्टरनेसनल नेपाल

आयना राई बनिन् जुनियर सुपर मोडेल इन्टरनेसनल नेपाल

images
images
आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौँ । ‘जुनियर सुपर मोडेल इन्टरनेसनल नेपाल २०२६’ को उपाधि आयना राईले जितेकी छन् । राष्ट्रिय नाचघरमा शनिबार अबेर साँझमा सम्पन्न प्रतियोगितामा २२ प्रतियोगीलाई पछि पार्दै उनले शीर्ष उपाधि चुमेकी हुन् ।सामरी इन्टरनेसनलद्वारा आयोजित प्रतियोगितामा एन्जेलिना राई फस्ट रनर अप, अनन्या पुरी सेकेन्ड रनर अप, अनमोल परियार थर्ड रनर अप, युबिया महर्जन फोर्थ रनर अप र विद्या खत्री फिप्त रनर अप घोषित भए । उपविधा तर्फ एन्जेलिना राईले पब्लिक च्वाइस विनर, अंशु भण्डारीले भ्यूअर्स च्वाइस विनर तथा जिनियस प्रसाईंले म्यानेजमेन्ट च्वाइस विनरको उपाधि जिते ।

    images
    images

    वरिष्ठ गायिका ज्ञानु राणा, सामरी इन्टरनेशनल इभेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत भरत सामरी, गायक सिताराम पोखरेलको समेत उपस्थिति रहेको कार्यक्रममा रोजी श्रेष्ठ (सुमित्रा), बिपिशा भट्टराई, निलम पौडेल र विजय शाही निर्णायक रहेका थिए ।वरिष्ठ गायिका ज्ञानु राणालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व तथा संस्थालाई ‘नेपाल एक्सेलेन्सी अवार्ड’ पनि प्रदान गरिएको थियो । जसमा कृष्णप्रसाद पाण्डे, रीना श्रेष्ठ, निलम पौडेल, विजय शाही, अर्जुन कार्की, अनमोल भगत, अर्शु महर्जन, रोजिन शाक्य, राज कार्की, शेखर वाग्ले, आगन पार्टी भेन्यु एन्ड रेस्टुरेन्ट तथा फेसन डिजाइनर दिलमाया मगरले अवार्ड प्राप्त गरे ।कार्यक्रम बालबालिका तथा युवा प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा भविष्यका लागि नयाँ अवसर सिर्जना गर्ने महत्त्वपूर्ण मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend