images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

images
images
आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका लागि ‘प्रोटेक्सन क्लस्टर’ (संरक्षण समूह) को कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।  महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले प्रभावितहरूको सुरक्षा र सहयोगका लागि ११ वटा क्लस्टरमध्ये संरक्षण क्लस्टरको कार्ययोजना पारित भई कार्यान्वयनको चरणमा रहेको जानकारी दिए ।गृह मन्त्रालय, महिला मन्त्रालय, नेपाल प्रहरी, नागरिक समाज र विभिन्न साझेदार संस्थाहरूको सहभागितामा तयार पारिएको उक्त कार्ययोजनाले बाल संरक्षण, लैङ्गिक हिंसा (जीबीभी) नियन्त्रण र मनोसामाजिक परामर्शका विषयलाई प्राथमिकतामा राखेको छ ।

    images
    images

    सचिव राउतका अनुसार यस क्लस्टर मार्फत करिब १ लाख प्रभावित व्यक्तिहरूलाई लक्षित गरी १४ करोड रुपैयाँ बराबरको प्रारम्भिक स्रोत परिचालन गरिने अनुमान गरिएको छ । राहत वितरणमा हुने दोहोरोपन र अन्योल हटाउन सरकारले ‘एकद्वार प्रणाली’ लाई कडाइका साथ लागू गरेको उनले बताए ।विपद्का समयमा बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्ले विशेष निर्देशिका समेत जारी गरेको छ । प्रचलित कानुन, बालबालिकाको मौलिक हक र संरक्षणका मापदण्डबमोजिम कुनै पनि किसिमको हिंसा हुन नदिन सम्बन्धित सबै निकायलाई सर्कुलर जारी गरिएको उनले जानकारी दिए । उनले भने, ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा आवश्यकताका आधारमा राहत सामग्री वितरण गर्ने व्यवस्था मिलाइएको छ ।’

    देवघाटस्थित वृद्धाश्रममा भएको क्षतिप्रति संवेदनशील हुँदै त्यहाँ रहेका ज्येष्ठ नागरिकहरूलाई तत्काल सहयोग र मनोसामाजिक परामर्श प्रदान गर्न समन्वय भइरहेको छ । समाज कल्याण परिषद्मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई पनि प्रचलित कानुनको परिधिमा रही एकीकृत रूपमा सहयोग गर्न आह्वान गरिएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend