काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। संस्थाले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।नाईमाले एक प्रेस विज्ञप्ति जारी गर्दै बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। संस्थाले प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।
विपद्को यस घडीमा नाईमा आबद्ध सदस्य कम्पनीहरूले सुरुदेखि नै आर्थिक, यातायात तथा लजिस्टिक सहयोगमार्फत विभिन्न माध्यमबाट राहत कार्यमा योगदान पुर्याउँदै आएका छन्। संस्थाकी अध्यक्ष ऋतु सिंह वैद्यले कठिन समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको साझा दायित्व भएको बताइन् ।




.gif)



