images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्री राहत कोषमा सोनाम गियरको २०...

प्रधानमन्त्री राहत कोषमा सोनाम गियरको २० लाख सहयोग

प्रधानमन्त्री राहत कोषमा सोनाम गियरको २० लाख सहयोग

images
images
आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौँ । नेपाली गार्मेन्ट कम्पनी सोनाम गियरले भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको राहत तथा व्यवस्थापनका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विपदमा परेका नागरिकलाई तत्काल सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।बाढीका कारण विस्थापित भएका र सर्वस्व गुमाएका पीडित परिवारका लागि खाद्यान्न, आवास, तथा कपडालगायतका अत्यावश्यक राहत सामग्रीको व्यवस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले यो सहयोग गरिएको कम्पनीले जनाएको छ ।

    images
    images

    कम्पनीले हिजो शनिबार कनेक्ट आइपीएस प्रणालीमार्फत डिजिटल रुपमा उक्त रकम सरकारको खातामा ट्रान्सफर गरेको हो । सोनाम गियरका सञ्चालक टासी छोन्बे नेपालीले प्राकृतिक विपत्तिको यस घडीमा पीडित परिवारको राहत व्यवस्थापनका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको बताए । ‘यस्तो अप्ठ्यारो अवस्थामा राज्यलाई सहयोग गर्नु निजी क्षेत्रको पनि दायित्व हो, हाम्रो यो सानो सहयोगले पीडितको घाउमा मलम लगाउन मद्दत पुग्नेछ भन्ने विश्वास लिएका छौं,’ उनले भने । विपद्को समयमा सरकारको एक्लो प्रयासले मात्र सबै काम तत्काल सम्भव नहुने हुँदा निजी क्षेत्रबाट भइरहेका यस्ता आर्थिक सहयोगले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणलाई थप प्रभावकारी बनाउन ठूलो मद्दत पुर्याइरहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend