काठमाडौँ । विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले ए वान ग्लोबल कन्सल्टेन्ट्सले रु. १ लाख ५१ हजार सहयोग गरेको छ।कम्पनीले विपद्का कारण पीडित नागरिकको पीडामा साथ दिन तथा राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।ए वान ग्लोबल कन्सल्टेन्ट्सले ‘दुःख बाँडे कम हुन्छ, आशा बाँडे जीवन ब्युँतिन्छ’ भन्ने भावनासहित विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको हो।
कम्पनीले विपद्को यस कठिन घडीमा सबैलाई सचेत, सुरक्षित र मजबुत रहन आग्रहसमेत गरेको छभोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ठुलो जनधनको क्षति भएको छ। बाढीमा हालसम्म ७३४ जनाको शव फेला परेको र तटीय क्षेत्रका ठुलो संख्यामा नागरिक बेपत्ता भएको सरकारले जनाइएको छ।




.gif)



