images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • आइएमई ग्रुपको १० करोड सहयोग, विदेशबाट...

आइएमई ग्रुपको १० करोड सहयोग, विदेशबाट रकम पठाउँदा शुल्क नलाग्ने

आइएमई ग्रुपको १० करोड सहयोग, विदेशबाट रकम पठाउँदा शुल्क नलाग्ने

images
images
आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौँ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ।आइएमई ग्रुपले २०८३ भदौ १३ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त सहयोगको घोषणा गरेको हो। ग्रुपका अनुसार विभिन्न कम्पनीमार्फत उक्त रकम उपलब्ध गराइनेछ।

    images
    images

    सहयोगमा ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स, अशोक लिलेण्ड, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केवलकार र आइएमई फाउण्डेसन लगायतका कम्पनी सहभागी हुने ग्रुपले जनाएको छ।यसका अतिरिक्त आइएमई ग्रुपअन्तर्गतका कम्पनीमा कार्यरत कर्मचारीका तर्फबाट समेत एक दिनको तलब बराबरको रकम सहयोग गरिने भएको छ।

    विदेशबाट रकम पठाउँदा निःशुल्क रेमिटेन्स

    images
    images

    आइएमईले विपद् प्रभावितका लागि विदेशबाट नेपालमा सहयोग रकम पठाउन निःशुल्क रेमिटेन्स सुविधा उपलब्ध गराएको जनाएको छ।त्यस्तै, खल्ती बाई आइएमई मोबाइल वालेटमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ।आइएमई फाउण्डेसनको समन्वयमा थप राहत तथा जिन्सी सहयोगसमेत उपलब्ध गराउने प्रतिबद्धता ग्रुपले जनाएको छ।

    ग्रुपका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तत उपलब्ध गराउन लागिएको सहयोगबाट विपद्मा बेपत्ता नागरिकको खोजी, घाइतेको उपचार, प्रभावित परिवारका लागि खाद्यान्न तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।आइएमई ग्रुपले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति कृतज्ञता व्यक्त गरेको छ।ग्रुपले यसअघि पनि देशका विभिन्न क्षेत्रमा भएका बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend