images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी...

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

images
images
शनिवार, भाद्र १३ २०८३
शनिवार, भाद्र १३ २०८३
  • म्याग्दी, १३ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने कार्यक्रमका लागि सङ्कलन गरेको रकम भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सहयोग गरेका छन् । धवलागिरी गाउँपालिका–१ गुर्जा र वडा नम्बर ५ मल्कवाङ घर भई हाल पोखरा बसोबास गर्ने छन्त्याल समुदायका दिदीबहिनीहरूले रु दुई लाख ‘प्रधानमन्त्री राहत तथा उद्धार कोष’मा जम्मा गरेका हुन् । 

    images
    images

    गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालमार्फत आज गुर्जाको चौतारे–बङ्गाले र मल्कवाङ–मलम्पारका घरम्जा थरका छन्त्याल दिदीबहिनीहरूले रु एक।एक लाख जम्मा गरेका हुन् । तीजको दरखानका लागि छन्त्याल दिदीबहिनीले जम्मा गरेको रकम सरकारमार्फत बाढी पीडितलाई सहयोग गरेका गुर्जाको चौतारे–बङ्गाले छन्त्याल महिला समूहका लक्ष्मी छन्त्यालले बताएका छन् । 

    “देश विपद्मा परेर रोइरहेको समयमा हामीले रमाइलोका लागि आयोजना गरेको दरखाने कार्यक्रम पनि स्थगित गरेका छौँ”, मल्कवाङ–मलम्पार घरब्जा महिला समूहका अध्यक्ष चिनाकुमारी छन्त्यालले भने, “दरखानका लागि सङ्कलन गरेको रकम प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरेका हौँ ।” 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend