images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि...

त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु

त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु

images
images
शनिवार, भाद्र १३ २०८३
शनिवार, भाद्र १३ २०८३
  • काठमाडौँ, १३ भदौ । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले त्रिशूली ‘थ्रि–ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु गरेको छ ।

    images
    images

    सुरुङको बाहिरी भाग पत्ता लगाउने उद्देश्यले ‘ड्रिलिङ’ सुरु गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    यही भदौ १० गते आएको बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि शुक्रबारदेखि सुरक्षाकर्मीको संयुक्त टोली प्रभावित क्षेत्रमा परिचालित छ । उक्त क्षेत्रमा ६२ सैनिकसहित सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका ८२ सुरक्षाकर्मी खटिएका निर्देशनालयले जनाएको छ ।

    images
    images

    प्रभावित जिल्लामा करिब सात हजारभन्दा बढी सैनिक परिचालन गरी घाइतेको खोज तथा उद्धार, आपत्कालीन उपचार, राहत सामग्री वितरण तथा शव व्यवस्थापनको काम भइरहेको सेनाले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend