धादिङ । रसुवा हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको बैरेनी बजार लेदोमा डुबेको छ।
त्रिशूली नदी किनारमा रहेको बजारमा बाढी पस्दा घर तथा भौतिक संरचनामा क्षति पुगेको छ। बाढीले बगाएर ल्याएको लेदो बजार क्षेत्रमा थुप्रिएपछि जनजीवन प्रभावित बनेको हो।
लेदोका कारण करिब दुई दिन अवरुद्ध भएको पृथ्वीराजमार्ग अहिले सञ्चालनमा आएको छ। सडकबाट लेदो हटाएर यातायात सञ्चालनमा ल्याइए पनि बजार क्षेत्रको अवस्था भने अझै सामान्य बन्न सकेको छैन।
बैरेनी बजार क्षेत्रमा थुप्रिएको लेदो हटाउने काम अहिले पनि जारी छ। स्थानीयवासी, सुरक्षाकर्मी तथा सम्बन्धित निकायको सहभागितामा बजार क्षेत्रको सफाइ तथा अवरोध हटाउने काम भइरहेको जनाइएको छ।
बाढीका कारण बजार क्षेत्रका घर तथा अन्य संरचनामा क्षति पुगेकाले प्रभावित परिवारलाई थप समस्या भएको छ। बाढीपछि बजार क्षेत्रमा सरसफाइ, उद्धार तथा क्षतिको विवरण संकलन गर्ने कामसमेत भइरहेको छ।




.gif)





