images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • बाढी प्रभावित प्रत्येक नागरिकसम्म सरकार पुग्छ,...

बाढी प्रभावित प्रत्येक नागरिकसम्म सरकार पुग्छ, प्रधानमन्त्री शाह

बाढी प्रभावित प्रत्येक नागरिकसम्म सरकार पुग्छ, प्रधानमन्त्री शाह

images
images
शनिवार, भाद्र १३ २०८३
शनिवार, भाद्र १३ २०८३
  • काठमाडौँ, भदौ १२ गते । प्रधानमन्त्री वालेन्द्र शाहले देश कठिन घडीमा रहेको उल्लेख गर्दै बाढी तथा पहिरोबाट प्रभावित प्रत्येक नागरिकको साथमा सरकार रहेको बताएका छन्। भोटेकोशीमा आएको बाढीको पछिल्लो अवस्थाबारे आज साँझ सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले विपद्बाट प्रभावित प्रत्येक परिवारलाई राज्यले साथ दिने र उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म सरकार पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    images
    images

    प्रधानमन्त्री शाहका अनुसार बाढी तथा पहिरो प्रभावित रसुवा, नुवाकोट लगायत क्षेत्रमा खोज तथा उद्धारका लागि १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाल प्रहरीका चार हजार ४७३, नेपाली सेनाका छ हजार ७५५ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ जना सुरक्षाकर्मी रहेका छन्।

    हालसम्म चार हजार ४५१ जनाको उद्धार गरिएको प्रधानमन्त्रीले जानकारी दिएका छन्। उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका १६ हेलिकप्टर परिचालन गरी धुन्चे, त्रिशूली, टिमुरे र स्याफ्रुबेँसी लगायत क्षेत्रमा ९९ वटा हवाई उडान गरिएको उनले बताएका छन्।

    images
    images

    प्रभावित क्षेत्रमा हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य राहत सामग्री पठाइएको छ भने हेलिकप्टरमार्फत पनि राहत सामग्री ढुवानी गरिएको छ। सुरुङमा फसेका नागरिक तथा कामदारको खोज तथा उद्धारलाई उच्च प्राथमिकता दिइएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।

    बेपत्ता नागरिक तथा शवको खोजी कार्य रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्मको त्रिशूली–नारायणी नदी करिडोरमा विस्तार गरिएको छ। हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार तथा पहिचान गरिएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।

    यसैगरी, प्रभावित क्षेत्रमा सडक, विद्युत्, दूरसञ्चार र खानेपानी सेवा पुनःस्थापनाको काम तीव्र पारिएको छ। रसुवालाई वैकल्पिक सडकमार्फत पुनःसडक सञ्जालमा जोडिएको तथा प्रभावित १९८ दूरसञ्चार साइटमध्ये १४५ वटा सञ्चालनमा आएको प्रधानमन्त्रीले बताएका छन्। नुवाकोटमा करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भएको छ।

    बाढी तथा विपद्बाट प्रभावित १५ स्थानीय तहलाई राहत, उद्धार तथा व्यवस्थापनका लागि रु। ६ करोड ७५ लाख उपलब्ध गराइएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ। उहाँका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा रु। १ अर्ब ९० करोडभन्दा बढी रकम सङ्कलन भएको छ।

    प्रधानमन्त्री शाहले भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिम रहेकाले निगरानी जारी रहेको बताउँदै जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गएरेका छन्। उनका अनुसार हालसम्म दुई लाखभन्दा बढी एसएमएसमार्फत पूर्वसूचना पठाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend