images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • आजको राशिफलः २०८३ भदौ १३ गते...

आजको राशिफलः २०८३ भदौ १३ गते शनिवार

आजको राशिफलः २०८३ भदौ १३ गते शनिवार

images
images
शनिवार, भाद्र १३ २०८३
शनिवार, भाद्र १३ २०८३
  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    images
    images

    नयाँ अवसरको पूर्ण लाभ लिन सक्नुहुनेछ। मेहनतले समस्याहरू सुल्झिनेछन्। आफ्नो कमी कमजोरी सुधार्ने समय रहेको छ। स्वादिष्ट भोजन को आनन्द मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    images
    images

    आफ्नो अनुकूलतामा सबै कार्य सम्पादन गर्न सकिनेछ। बोलिको माध्यमले कार्य सिद्ध हुनेछन्। तपाईँको विचारको सम्मान हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा

    घरपरिवारमा मेलमिलापको वातावरण बन्नेछ। विश्वासपात्रको सहयोग मिल्नाले आत्मबल बढ्नेछ। समाजमा मानसम्मान पाइएला। सकेसम्म यात्रा नगर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

    कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    गोप्य योजनाहरू सफल बन्नेछन्। आसमर्दो कार्य बन्नाले नयाँ कार्यतर्फ मन लाग्नेछ। सन्तानबाट शुभ समाचार पाइनेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    कार्यक्षेत्रमा नयाँ जिम्मेबारी थपिनेछ। शिक्षाको क्षेत्रमा विद्यार्थीहरूलाई गुरुजनहरूको सहयोग मिल्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    कार्यक्षत्रमा समयमा कार्य सम्पादन हुनेछ। नोकरी वा पेशामा शुभ चिन्तकहरूको सहयोगले रोकिएका कार्य प्रारम्भ हुनेछन्। नयाँ कार्यको जग बसाउने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

    तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    परिवारको साथ र सहयोगले मन प्रफुल्लित रहनेछ। धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुनुपर्ला। व्यापार व्यवसायमा विषयवस्तुलाई बुझेर निर्णय लिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    अनावश्यक शंका नगर्नुहोस्। अधिकारीहरूको समक्ष प्रतिभा देखाउने अवसर प्राप्त हुनेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    नयाँ कार्य थाल्नुभन्दा पहिलाको कामलाई नै निरन्तरता दिने प्रयास गर्नुहोस्। आश्वासन मात्र दिनेहरूले झुक्याउन सक्नेछन्। हतारमा नयाँ कार्य नलिनुहोला। आजको शुभ रंग नीलो हो भने शुभ अंक ६ रहेको छ।

    मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले मन प्रशन्न रहनेछ। नोकरी वा पेशामा पुराना उपलब्धि पदोन्नतिमा सहायक हुनेछन्। समाजमा नयाँ जिम्मेवारी मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    आफ्नो क्षमताले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। नयाँ व्यवसायमा प्रारम्भ गर्न सफल भइनेछ। मनमा प्रेम र विश्वासको सृजन हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    नयाँ कार्य र यात्रा गर्दा सजगता अपनाउनुहोस् सकेसम्म यात्रा नगर्नुहोस्। आफ्नो कार्य अरुमाथि नछोड्नुहोला। सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ संगै अधिकारीहरूको समर्थन पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    तपाईँको दिन शुभ रहोस् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend