images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा सेना,...

भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन

भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन

images
images
शुक्रवार, भाद्र १२ २०८३
शुक्रवार, भाद्र १२ २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीपछि सरकारले खोज तथा उद्धार कार्यलाई तीव्रता दिँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई प्राथमिकताका साथ परिचालन गरेको जनाएको छ।

    images
    images

    सरकारले बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएका नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर सुरक्षा निकायका जनशक्ति परिचालन गरेको हो। प्रभावित क्षेत्रको विकट भूगोल तथा स्थानीय अवस्थाका बारेमा नेपाली उद्धार टोली परिचित रहेकाले विपद्को सुरुआती चरणमा स्वदेशी स्रोत र जनशक्तिबाटै खोज तथा उद्धार अभियान सञ्चालन गरिएको सरकारले जनाएको छ।

    परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली उद्धार टोली प्रभावित क्षेत्रको भौगोलिक अवस्था र स्थानीय परिस्थितिसँग परिचित भएकाले प्रारम्भिक चरणमा आफ्नै क्षमतामा उद्धार कार्य अघि बढाइएको बताए।

    images
    images

    उनका अनुसार सरकारले विदेशी सहयोगलाई अस्वीकार गरेको छैन। उद्धारका क्रममा विशेष प्रकृतिको प्राविधिक क्षमता आवश्यक पर्ने अवस्था आएमा मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायसँग आवश्यक सहयोग लिइनेछ।

    विशेषगरी सुरुङ, अत्यन्त जटिल संरचना वा नेपाली सुरक्षा निकायसँग उपलब्ध स्रोतसाधनबाट तत्काल उद्धार गर्न कठिन हुने स्थानमा विशेष प्राविधिक जनशक्ति र उपकरण आवश्यक पर्न सक्ने भएकाले त्यस्तो अवस्थामा अन्तर्राष्ट्रिय सहयोग लिन सरकार तयार रहेको मन्त्री खनालले स्पष्ट पारे।

    भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ। बाढीका कारण सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेका कारण कतिपय प्रभावित क्षेत्रमा उद्धार टोली पुग्नसमेत कठिनाइ भइरहेको छ।

    सरकारले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायबीच समन्वय बढाउँदै लगेको जनाएको छ। बेपत्ता नागरिकको खोजी तथा प्रभावित क्षेत्रमा आवश्यक राहत पुर्‍याउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

    विपद्को अवस्था र उद्धारको आवश्यकताअनुसार स्वदेशी स्रोतसाधनको अधिकतम प्रयोग गर्दै आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्ने सरकारको रणनीति रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend