काठमाडौँ । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सोफा हब काठमाडौँ प्रालिले १ लाख रुपैयाँ सहयोग गरेको छ ।सोफा हबले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । सोफा हबका सञ्चालक तारालाल धरेलका अनुसार विपद्मा परेका नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ । विपद्को समयमा पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्दै आएका छन् ।




.gif)



