काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवाको गोसाईंकुण्ड दर्शन तथा भ्रमण गरी फर्कने तीर्थ यात्रीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले बिहीबार सूचना जारी गर्दै सम्पूर्ण तीर्थयात्री तथा पर्यटकहरूलाई अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको नियमित मार्ग (पुरानो मार्ग) प्रयोग नगर्न अनुरोध गरेको हो ।
मन्त्रालयले गोसाईंकुण्डबाट दुप्चेश्वर हुँदै काठमाडौँ रुटमा फर्कन भनेको हो । उनले सुरक्षित यात्राका लागि तोकिएको वैकल्पिक मार्ग मात्र प्रयोग गर्नुहुन सूचित गरेको छ ।





.gif)





