images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • चीन–नेपाल सीमा क्षेत्रको बाढीपहिरो प्रभावित क्षेत्रमा...

चीन–नेपाल सीमा क्षेत्रको बाढीपहिरो प्रभावित क्षेत्रमा चिनियाँ प्रधानमन्त्रीको स्थलगत निरीक्षण

चीन–नेपाल सीमा क्षेत्रको बाढीपहिरो प्रभावित क्षेत्रमा चिनियाँ प्रधानमन्त्रीको स्थलगत निरीक्षण

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । चिनियाँ प्रधानमन्त्री ली छ्याङले चीन–नेपाल सीमा क्षेत्रमा गएको भीषण बाढी पहिरोबाट सबैभन्दा धेरै प्रभावित तिब्बतको एक क्षेत्रमा बिहीबार स्थलगत निरीक्षण गरेका छन् ।चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सी चिनफिङपछि दोस्रो वरीयतामा रहेका लीले ग्यिरोङ टाउनमा उद्धारकर्मी र विपद्का कारण विस्थापित भएका स्थानीय बासिन्दासँग भेट गरेका छन् ।

    images
    images

    बुधबार चीन–नेपाल सीमा क्षेत्रका केही स्थानमा ठुलो बाढी र पहिरो आएको थियो । त्यसबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये ग्यिरोङ सीमा बन्दरगाह पनि हो । चिनियाँ आपत्कालीन उद्धार टोली बिहीबार ग्यिरोङ सीमा बन्दरगाह पुगेको थियो । यो क्षेत्र विपद्को मुख्य केन्द्र मानिएको छ ।भीषण बाढी पहिरोले क्षेत्रलाई प्रभावित पारेको करिब २२ घण्टापछि मात्रै पहिलो चिनियाँ उद्धार टोली त्यहाँ पुगेको हो । सडक अवरुद्ध हुनु र खराब मौसमका कारण उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पुग्न ढिलाइ भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend