images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा १ अंकको गिरावट, कारोबार...

सेयर बजारमा १ अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

सेयर बजारमा १ अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ ।  यो साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन उच्च अंकले घटेको सेयर बजार आज पनि १.०४ अंकले घटेको हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २५५७.३१ विन्दुमा पुगेको छ । कारोबार समयमा सेयर बजार २५१८ विन्दुसम्म पुगेर फर्केको थियो । आज सेयर बजारमा १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको सेयर मूल्य घटेको छ । आज १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    images
    images

    आज सेन्सेटिभ इन्डेक्स पनि ०.५४ अंकले घटेर ४५१.१२ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटा उपसूचकको सेयर मूल्य घटेको छ । परिसूचक घटेको दिन कारोबार रकम भने ३ अर्बमा सिमित रहेको छ । आज ३४८ कम्पनीका १ करोड ६ लाख २६ हजार ३७० कित्ता सेयर ५२ हजार ५७५ पटक खरिद बिक्री हुँदा ३ अर्ब ७८ करोड ६४ लाख ५५ हजार ७० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend