images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • बाढीपीडितका लागि कालिका कन्स्ट्रक्सनले गर्‍यो १...

बाढीपीडितका लागि कालिका कन्स्ट्रक्सनले गर्‍यो १ करोड १ लाख सहयोग

बाढीपीडितका लागि कालिका कन्स्ट्रक्सनले गर्‍यो १ करोड १ लाख सहयोग

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ। बाढी पहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि कालिका कन्स्ट्रक्सन प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।कम्पनीका अध्यक्ष एवं प्रबन्ध निर्देशक विक्रम पाण्डेले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराएका हुन्।

    images
    images

    पाण्डेले चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखालगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।उनले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।पाण्डेले मुलुकमा भएको यस दुःखद घटनाबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले उद्धार कोषमा रकम प्रदान गरेको जनाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend