images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • एमाले राजधानी प्रदेश कमिटीद्वारा बाढीपीडितका लागि...

एमाले राजधानी प्रदेश कमिटीद्वारा बाढीपीडितका लागि १० लाख सहयोग घोषणा

एमाले राजधानी प्रदेश कमिटीद्वारा बाढीपीडितका लागि १० लाख सहयोग घोषणा

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । हिमताल विस्फोट भई भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका विभिन्न क्षेत्रमा भएको ठुलो जनधनको क्षतिप्रति नेकपा (एमाले) राजधानी प्रदेश कमिटीले दुःख व्यक्त गर्दै  बाढी प्रभावितहरूको राहतका लागि रु दश लाख सहयोग गर्ने भएको छ । नेकपा (एमाले) का सचिव एवं राजधानी प्रदेश इन्चार्ज डा.राजन भट्टराईको उपस्थिति र प्रदेश कमिटी अध्यक्ष नारायण सिलवालको अध्यक्षतामा बिहीबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो ।

    images
    images

    बैठकले मातहत कमिटीमा आबद्ध उद्यमी व्यवसायीहरुबाट खाद्यान्न राहत सङ्कलन गरी रसुवा, नुवाकोट र धादिङ जिल्ला कमिटीहरूसँग समन्वय गरी प्रभावित घर परिवारमा राहत उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले विनाशकारी बाढीका कारण जीवन गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारजनमा समवेदना व्यक्त गरेको छ । राजधानी प्रदेशले यस विपद् र शोकको घडीमा राजधानी प्रदेश र मातहत कमिटीहरूबाट तय गरिएका सार्वजनिक सभा, सम्मेलन, मेला, महोत्सव जस्ता सम्पूर्ण कार्यक्रमहरू एक सातासम्म स्थगित गर्न र राहत तथा उद्धार र सहयोग परिचालन कार्यमा परिचालित हुन सम्पूर्ण कार्यकर्ता सदस्य पङ्क्तिलाई निर्देशित गरेको छ । 

    बैठकपछि राजधानी प्रदेश कमिटीका अध्यक्ष नारायण सिलवालद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय विपदमा राष्ट्रिय एकता, सहृदय र सहयोगको नेपाली पहिचानलाई पुनः प्रमाणित गर्न जरुरी रहेको निष्कर्षसहित सरकारलाई सबै पक्षलाई विश्वासमा लिई समन्वय तथा सहकार्य गर्दै तत्काल उद्धार, राहत तथा सुरक्षा र पुनर्स्थापनाको व्यवस्था गर्न अपिल गरेको छ ।

    images
    images

    784180982_1713702949858294_4290149067506394985_n

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend