images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • सीमापार विपद् जोखिम न्यूनीकरणमा नेपाल–चीन सहकार्य...

सीमापार विपद् जोखिम न्यूनीकरणमा नेपाल–चीन सहकार्य आवश्यकः चिनियाँ राजदूत

सीमापार विपद् जोखिम न्यूनीकरणमा नेपाल–चीन सहकार्य आवश्यकः चिनियाँ राजदूत

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । रसुवामा गएको भीषण बाढी र पहिरोपछि नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले दुवै देश मिलेर संकटको सामना गर्ने र पुनर्निर्माणमा जुट्ने बताएका छन्। प्रारम्भिक जानकारीअनुसार सीमा क्षेत्रमा आएको भूकम्पका कारण हिमपहिरो (आइस एभलाञ्च) खसेर लेदोसहितको पहिरो जाँदा नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय क्षति भएको राजदूत माओमिङले जानकारी दिएका छन्।चीनका राष्ट्रपति सी जिनपिङले घटनालाई गम्भीरताका साथ लिँदै बेपत्ताको खोजी, जोखिममा परेकाहरूको स्थानान्तरण, घाइतेको उपचार र सम्भावित द्वितीय विपद् रोक्न उच्च प्राथमिकता दिन निर्देशन दिएको उनले जानकारी छन्। चिनियाँ उपप्रधानमन्त्री झाङ गुओछिङको नेतृत्वमा टोली तिब्बत पुगेर उद्धार कार्यको सहजीकरण गरिरहेको उनको भनाई छ।

    images
    images

    दूतावासले तत्कालै आपत्कालीन टोली गठन गरी आफ्ना नागरिकको अवस्था बुझ्न र उद्धारका लागि टोली खटाएको छ। चीनतर्फ पनि ठूलो क्षति भए तापनि नेपाललाई आपत्कालीन राहत सामग्री र नगद सहयोग उपलब्ध गराउन समन्वय भइरहेको एनटिभी वर्ल्डसँग कुरा गर्दै राजदूतले बताएका छन्। परराष्ट्र, जलस्रोत, मौसम र आपत्कालीन व्यवस्थापन मन्त्रालयहरूमार्फत दुवै देशका निकायबिच निरन्तर समन्वय भइरहेको छ।भविष्यमा यस्ता विपद्को जोखिम न्यूनीकरण गर्न दुवै देशले सहकार्य बढाउनुपर्नेमा उनले जोड दिएका छन्। ‘जलमौसम, भूगर्भ र सीमापार विपद् सम्बन्धी पूर्वसूचना आदानप्रदानलाई बलियो बनाउनुपर्छ’, राजदूत माओमिङले भनेका छन्, ‘आपत्कालीन उद्धारका लागि संस्थागत संयन्त्र सुदृढ गर्दै स्थानीय तहसम्म प्राविधिक आदानप्रदान र जनशक्ति तालिम बढाउन आवश्यक छ।’नेपाल र चीन एकापसमा जोडिएका छिमेकी भएकाले संकटको घडीमा चीनले आफ्नो क्षमताले भ्याएसम्म नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता उनले जनाएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend