images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • रसुवा बाढीको वितण्डाः ३२ पुल पूर्ण...

रसुवा बाढीको वितण्डाः ३२ पुल पूर्ण रूपमा बगे, रसुवा–नुवाकोटमा सबैभन्दा ठूलो क्षति

रसुवा बाढीको वितण्डाः ३२ पुल पूर्ण रूपमा बगे, रसुवा–नुवाकोटमा सबैभन्दा ठूलो क्षति

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । रसुवाको भीषण बाढीका कारण देशका मुख्य राजमार्ग तथा सडक सञ्जालमा ठूलो क्षति पुगेको छ । सडक विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बाढीका कारण विभिन्न जिल्लाका ३२ वटा साना–ठूला पुलहरू पूर्ण रूपमा बगेका छन् ।सडक विभागका अनुसार ३ वटा पुलमा आंशिक क्षति पुगेको छ भने अन्य ६ वटा पुलहरू उच्च जोखिमका बीच जोगिएका छन् । बाढीको सबैभन्दा धेरै असर रसुवा, नुवाकोट र धादिङ जिल्लामा परेको छ ।

    images
    images

    क्षतिको जिल्लागत विवरणः

    रसुवा (१३ पुल ध्वस्त) : बाढीले सबैभन्दा धेरै क्षति रसुवामा पुर्‍याएको छ । यहाँ नेपाल–चीन जोड्ने मितेरी पुल (रसुवागढी), टिमुरे पुल (१ र २), चिलिमेस्थित भोटेकोशी र चिलिमे खोलाका पुल, स्याफ्रुबेँसी तथा भोटेकोशी क्षेत्रका बेलिब्रिज, स्याफ्रुबेँसी पुलका साथै त्रिशूली र मैलुङ क्षेत्रका ५ वटा पुलहरू पूर्ण रूपमा ध्वस्त भएका छन् ।

    images
    images

    नुवाकोट (१४ पुल ध्वस्त) : नुवाकोटमा बेत्रावतीदेखि देवीघाटसम्मका १४ वटा पुलहरू बगेका छन्। जसमा बेत्रावतीको पुरानो र नयाँ पुल, त्रिशूली नदी पुल (तुप्चे), त्रिशूली बजारका दुईवटा पुल, सिमचौर पुल, मध्यपहाडी राजमार्गअन्तर्गत देवीघाटको पुल, ताँदी खोलाका दुई पुल र श्रीकाली, बुढसिंहघाट, रातमाटे तथा फोस्रेटारका पुलहरू समावेश छन्।

    धादिङ (५ ध्वस्त, ३ आंशिक क्षति) : धादिङ खण्डमा स्याल्टार सडक पुल, घाटबेँसी पुल, मलेखुस्थित फुर्के खोला पुल र कोल्पु खोलाका दुई पुल गरी ५ वटा पुल ध्वस्त भएका छन्। साथै मास्तर पुल, जरेबगैँचा पुल र कोल्पु खोलाको नयाँ पुलमा आंशिक क्षति पुगेको छ।यसैबीच गल्छी नजिकैको भिमढुङ्गा–लामिडाँडा सडक पुल, बेनीघाट, फिस्लिङ, चुम्लिङटार र मुग्लिन खण्डका पुलहरू भने बाढीको जोखिमबाट जोगिन सफल भएका छन्। पुलहरू ध्वस्त भएसँगै ती क्षेत्रहरूमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend