images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • भोटेकोसी र त्रिशूलीको बहाव घट्यो, १४...

भोटेकोसी र त्रिशूलीको बहाव घट्यो, १४ जिल्लाका साना नदीमा बाढीको जोखिम

भोटेकोसी र त्रिशूलीको बहाव घट्यो, १४ जिल्लाका साना नदीमा बाढीको जोखिम

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । हिजो भोटेकोसीमा आएको बाढीपश्चात् हाल भोटेकोसी र त्रिशूलीको बहाव सतर्कता तहभन्दा तल छ । यद्यपि, यी नदीमा अझै पनि उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ। बाढी पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सतर्कता तहभन्दा तलै छ।

    images
    images

    आगामी तीन दिन देशका केही प्रमुख नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान छ। सुनकोसी, नारायणी, त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकी र भेरी नदीमा आजदेखि पर्सीसम्मै पानीको बहाव उल्लेख्य बढ्ने महाशाखाको भनाइ छ। यसैगरी, सप्तकोसी, तमोर, अरुण, दूधकोसी, तामाकोसी, कर्णाली, पश्चिम सेती, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा जलसतह सामान्य मात्र बढ्ने प्रक्षेपण छ।आज देशका विभिन्न जिल्ला भई बग्ने स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउन सक्ने मध्यम जोखिम रहेको छ। रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ र कास्की जिल्लाका स-साना नदीमा बाढीको जोखिम रहेको महाशाखाले स्पष्ट पारेको छ। 

    यसका साथै, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत र आसपासका जिल्ला भई बग्ने नदीहरूमा पनि बहाव बढ्ने बताइएको छ। ‘यी क्षेत्र भई बग्ने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्नेछ’ बुलेटिनमा उल्लेख छ, ‘यहाँ आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’यसैगरी, भोलि र पर्सी भने विशेषगरी गण्डकी र लुम्बिनी प्रदेश भई बग्ने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

    images
    images

    786616703_122231129618355476_617295443782147178_n

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend