images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • सर्लाही सिँचाइ डिभिजन प्रमुखसहित दुई जनाविरुद्ध...

सर्लाही सिँचाइ डिभिजन प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सर्लाही सिँचाइ डिभिजन प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैटौँ तुलाकान्त चौधरी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।बोरिङ र मोटर जडान कार्य सम्पन्न पश्चात् भुक्तानी दिने क्रममा सेवाग्राहीसँग साढे सात लाख रुपैयाँ घुस मागेको उजुरीका आधारमा बर्दिवासबाट खटिएको अख्तियारको टोलीले उनीहरूलाई उक्त रकमसहित नियन्त्रणमा लिएको थियो।

    images
    images

    अनुसन्धानका क्रममा उनीहरूले १३ वटा डिप बोरिङ तथा मोटर जडानका लागि कागजमा मात्रै देखाउने प्रयोजनका लागि उपभोक्ता समितिहरू गठन गराएका थिए। सम्पूर्ण प्रक्रिया र कागजातहरू आफैँले तयार गरी जल उपभोक्ता समितिको छाप र अध्यक्षको सही गराई भुक्तानी दिए बापत साढे सात लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।दुवै जनालाई बिगो सात लाख पचास हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजायको मागदाबी लिई आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend