images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • सडक बन्द भएपछि हवाई यात्राको माग...

सडक बन्द भएपछि हवाई यात्राको माग बढ्यो, भाडा १५ हजारसम्म

सडक बन्द भएपछि हवाई यात्राको माग बढ्यो, भाडा १५ हजारसम्म

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । रसुवागढी हुँदै चीनबाट आएको बाढीले त्रिशूली नदी र यसको तटीय क्षेत्रमा असर गर्दा यति बेला पृथ्वी राजमार्ग अवरुद्ध छ । यसका कारण सो राजमार्ग भएर भित्रिने तथा बाहिरिने सबै सवारी साधन बन्द भएका छन् । उपत्यकालाई देशसँग जोड्न प्रमुख राजमार्ग बन्द हुँदा यति बेला हवाई जहाजको माग बढेको छ । पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौँबाट पोखराको यात्रा पूर्ण ठप्प भएको छ । यसका साथै पश्चिमी क्षेत्रमा जाने यातायात समेत प्रभावित भएका छन् । 

    images
    images

    यो अवस्थामा हवाई यात्रा विकल्प बनेको छ । सडक अवरुद्ध हुँदा हवाई जहाजको भाडा बढेको भन्दै आलोचना भइरहेको छ । विपद्को समयमा एयरलाइन्स कम्पनीहरूले कालोबजारी गर्न लागेको आरोप समेत सामाजिक सञ्जालहरूमा लगाइएको छ । बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्ण भने अहिले विमानको भाडादर साधारण समयको जस्तै भएको बताउँछन् । अहिले काठमाडौँबाट पोखरासम्मको हवाई भाडा ५ हजार ७९९ रुपैयाँदेखि अधिकतम ८ हजार ५८३ रहेको र अहिले पनि त्यही कायम रहेको उनको भनाइ छ ।  अन्य गन्तव्यमा समेत भाडा नबढेको उनको दाबी छ ।  

    कुन रुटमा कति छ हवाई भाडा?

    images
    images

    काठमाडौँबाट उडान हुने गन्तव्यहरूमा पश्चिमतर्फ, पोखरा धनगढी, सुर्खेत, नेपालगञ्ज, भैरहवा तथा भरतपुर तथा पूर्वतर्फ सिमरा, जनकपुर, राजविराज तथा विराटनगरमा नियमित उडान हुँदै आएको छ । बुधबारको लागि काठमाडौँ पोखराको भाडा ८५६० रुपैयाँसम्म पुगेको छ । बिहीबारको लागि भने न्यूनतम ६ हजार रुपैयाँ हाराहारीसम्म भाडादर निर्धारण भएको छ । त्यस्तै, काठमाडौँबाट धनगढीको भाडा १० हजार ८०० रुपैयाँ तोकिएको छ । काठमाडौँ सुर्खेतको भाडा १२ हजार ४०० देखि १४ हजार ९०० रुपैयाँसम्म पुगेको छ । 

    त्यस्तै, काठमाडौँ नेपालगञ्जमा बिहीबारका लागि ८ हजार ३०० देखि ८ हजार ५०० सम्म टिकट दर रहेको छ । काठमाडौँबाट भैरहवा ६ हजार ५०० रुपैयाँ, भरतपुरको लागि ६ हजार हाराहारीमा टिकट बिक्री भइरहेको छ ।अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न गन्तव्यहरूको अधिकतम भाडा निर्धारण गर्ने गरेको छ । उक्त भाडाभन्दा धेरै नहुने गरी विमान कम्पनीहरूले भाडा निर्धारण गर्न पाउने व्यवस्था छ । अहिले हवाई यात्रुको माग बढ्दा भाडा समेत बढेको गुनासोबिच एयरलाइन्स कम्पनीहरूले भने सामान्य अवस्थाकै भाडादर निर्धारण गरेको दाबी गर्दै आएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend