images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • रसुवा बाढी अपडेट: रसुवागढी र मैलुङका...

रसुवा बाढी अपडेट: रसुवागढी र मैलुङका १३ सशस्त्र प्रहरी सम्पर्कविहीन

रसुवा बाढी अपडेट: रसुवागढी र मैलुङका १३ सशस्त्र प्रहरी सम्पर्कविहीन

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ। चीनको तिब्बत तर्फबाट आएको ल्हेन्दे खोलाको बाढी रसुवाको भोटेकोशीमा मिसिएर ठुलो क्षति पुगेको छ । रसुवाको टिमुरे र मैलुङमा कार्यरत सशस्त्र प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन्। रसुवागढी र मैलुङ स्थित सशस्त्रको बोर्डर आउट पोस्टमा कार्यरत १३ जना सशस्त्र प्रहरीका कर्मचारी सम्पर्कविहीन भएका हुन् । यसअघि ४ जना सम्पर्कविहीन भएको भनिएपनि सो संख्या बढेको सशस्त्र प्रहरी बलका एक जना उच्च अधिकृतले  बताए।

    images
    images

    रसुवागढीमा कार्यरत सशस्त्रका ९ जना सुरक्षाकर्मी र मैलुङमा कार्यरत ४ जना सम्पर्कविहीन भएका हुन्। बाढीले कारण टिमुरे र स्याफ्रुबेसी बजार बगाएको छ।यसअघि रसुवा स्थित बोर्डर आउटपोष्ट टिमुरेमा कार्यरत ४ जना सशस्त्र प्रहरी सम्पर्क विहीन भएको सशस्त्र प्रहरीका प्रवक्ता (डीआईजी) नेत्र बहादुर कार्कीले जानकारी दिएका थिए । बिओपी टिमुरेमा बाढी पसेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend