images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • कैलाश मानसरोवर र गोसाईंकुण्ड गएका २५०...

कैलाश मानसरोवर र गोसाईंकुण्ड गएका २५० भन्दा बढी तीर्थयात्री सम्पर्कविहीन

कैलाश मानसरोवर र गोसाईंकुण्ड गएका २५० भन्दा बढी तीर्थयात्री सम्पर्कविहीन

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौंँ ।  चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोसीमा मिसिँदा रसुवामा ठुलो भौतिक क्षति भएको छ । रसुवाको टिमुरे बजार र नुवाकोटको त्रिशूली बजारमा रहेको घरहरू बाढीले बगाएको छ । उक्त बाढी अहिले धादिङ हुँदै चितवन तर्फ गइरहेको छ ।  उक्त बाढीका कारण  कैलाश मानसरोवर र गोसाईंकुण्ड हिँडेका २५० बढि  तिर्थयात्रीहरु सम्पर्क विहीन भएका छन् । 

    images
    images

    पर्यटन विभागका पर्यटक प्रहरी नायव उपरीक्षक (डिएसपी) विश्वराज अधिकारीले रातोपाटीसँग भने ‘धेरै जसो मानसरोवर हिँडेका तिर्थयात्रीहरु सम्पर्कमा आएका छैनन् । गोसाईंकुण्डका थोरै मात्रै सम्पर्क बाहिर छन् । यात्रामा कति थिए भन्ने कुरा नै यकिन जानकारी आइसकेको छैन । हामी अहिले तथ्याङ्क सङ्कलन गरेर राहत र उद्धार तर्फ छौँ,’ उनले भने ।  उनका अनुसार केही पर्यटकहरूले भने सुरक्षित भएर बसेको भन्दै उद्धारका लागि सम्पर्क गरेको जनाएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend