images

२०८३ आश्विन २१ गते

images
images
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । मन्त्री पोखरेलका अनुसार  घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारका लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालले व्यवस्था मिलाएको मन्त्री पोखरेलले जानकारी दिए । त्यस्तै घाइते तथा बिचल्लीमा परेकाहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्न गृह मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ । त्यसका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने पनि सरकारको निर्णय छ । 

    images
    images

    बैठकले गृहमन्त्रीलाई उद्धारका लागि हेलिकोप्टरसहित सबै साधन प्रयोग गर्न निर्देशन दिएको छ । सरकारले घरबास गुमाएका मानिसहरुलाई गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण र सम्बन्धित व्यवस्थापन समितिले मिलाउने भएको छ ।बाढीबाट अवरुद्ध सडक र खानेपानीको व्यवस्था मन्त्रालयले मिलाउने तथा विद्युत् आपूर्ति सुचारु गर्न ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणले मिलाउने र घटनामा परि ज्यान गुमाउनेका परिवारलाई कानुन अनुसार क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ ।

    784425124_1387370600197823_4487459920922509935_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend