images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • दिउँसो साढे ३ बजे देवघाट आइपुग्ने...

दिउँसो साढे ३ बजे देवघाट आइपुग्ने बाढी, सतह ८ मिटरसम्म पुग्ने अनुमान

दिउँसो साढे ३ बजे देवघाट आइपुग्ने बाढी, सतह ८ मिटरसम्म पुग्ने अनुमान

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • चितवन । चितवन–देवघाट बाढी मापन केन्द्रमा पानीको सतह ४.७६ मिटर पुगेको छ। बाढीको बहाव बुधबार दिउँसो करिब साढे ३ बजे देवघाट आइपुग्ने अनुमान गरिएको छ।नेपाल बाढी सूचना नामक सूचनामार्फत प्रारम्भिक आकलनअनुसार पानीको सतहमा करिब ३ मिटर वृद्धि हुन सक्ने जनाइएको छ। त्यसअनुसार देवघाटमा पानीको सतह करिब ८ मिटर पुग्न सक्ने र यो २–३ वर्ष पुनरावृत्ति अवधिको बाढी हुने अनुमान गरिएको छ।

    images
    images

    हालको आकलनअनुसार चितवन र नवलपरासी क्षेत्रमा ठूलो डुबानको सम्भावना कम रहेको जनाइएको छ। यद्यपि अर्को सूचना जारी नभएसम्म नदी आसपासका बस्ती तथा बजार क्षेत्रका बासिन्दालाई सुरक्षित र अग्लो स्थानमा रहन आग्रह गरिएको छ।नदीको बहाव र पानीको सतहमा हुने परिवर्तनलाई निरन्तर निगरानी गरिरहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend